ओमिक्रोनको डरः विमानस्थल र सीमानाकामा कडाइ, स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा कडाइ गरिएको छ । त्यहाँ सबैका लागि स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा सतर्कता अपनाउन सरकारलाई सिफारिस गरेको छ ।

तर अहिलेसम्म कुन–कुन देशबाट आउनेलाई कति हप्तासम्म प्रतिबन्ध लगाउने भन्ने बारेमा निर्णय भइनसकेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । सीसीएमसीसीको सुझाव अनुसार विभिन्न देशबाट नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण तथा व्यक्तिगत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल भित्रिने सबै नाकामा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाई जाँच गर्ने र आवश्यक व्यक्तिलाई एक हप्ता क्वरेण्टीन राख्न थालिएको बताउनुभयो।त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका सबै नाकामा रहेका सहायता कक्षमा छिमेकी देशबाट भित्रिने हरेक व्यक्तिउपर निगरानी गर्न थालिएको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार