एमाले महाधिवेशन : मतगणना सुरू

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिदेखि भएको मतदानको परिणाम दुई घन्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको छ । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार