रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ पक्राउ

रौतहट । रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताउनुभयो । विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको २ थान मोटरलगायत टोलीले बरामद गरेको छ । उनीहरुलाई नियमानुसार जरिवाना गराइने बताइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार