बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। म‌गलबार  बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो हटाउन एकहप्तादेखि ७ दिन भित्रमा व्यवसायीलाई हटाउन आग्रह गरिएको छ ।

बेनी नगरपालिका भित्र ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन ब्यवस्थित पार्किङ, फरकिलो बाटो, सार्वजनिकस्थलमा सरसफाई, सिसि क्यामरा, बजार लाईट लगायतलाई ब्यवस्थित गर्ने उद्देश्यले बेनी नगरपालिका आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, म्याग्दी उद्योग वाणिज्य, ट्राफिक कार्यालय विच छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।


बेनी बजारमा विभिन्न ब्यवसायका गरेका ब्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामानहरु झुड्याउने कार्य हटाउनका लागि एक हप्तादेखि ७ दिनसम्मको म्याद दिँदै बुधबारदेखि लागु हुने गरी ब्यवसायीलाई आग्रह गरिएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले बेनी बजार सुन्दर बनाउने अभियानमा भएको कमिकमजोरीलाई नदोहोरिने गरी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । सडकलाई असर गर्ने गरी राखिएको बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय  भएको मेयर श्रेष्ठले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाहरुको निणर्य बेनी बजारका ब्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकायको सहयोगमा हटाउने प्रतिवद्धता जनाउनुभयो । प्रजिअ रानाले बजारलाई सुन्दर बनाउन टोलसुधार समिति सक्रिय, बसपार्क ब्यवस्थापन समिति निर्माण गर्न, सरसफाई गर्ने कुचिकार राख्न नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघ अध्यक्ष बेलबहादुर कटुवालले बजारलाई ब्यवस्थित बनाउन नगर प्रहरी र सार्वजनिकस्थल सरसफाई गर्ने कुचिकार राख्न आग्रह गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले सार्वजनिक स्थलका अस्थाई छाप्रोहरु हटाएर पार्किङलाई ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गर्नुभयो।

उहाँले बसपार्कलाई निजि ब्यवसायीले प्रयोग गर्दा यातायातहरु प्रभावित भएको जानकारी गराउदै नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने बताउनुभयो। प्रजिअ रानाले बजारमा ट्राफिक ब्यवस्थापनमा बजारबासी सचेत बनेर पार्किङ र नो पार्किङलाई बोर्डलाई हप्ता–हप्तामा परिर्वतन गरिदिन आग्रह गर्नुभयो। बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निणर्हरु कार्यान्वयनको अभावले बजार अब्यवस्थित र ब्यवसायीको सामानहरुले सडकहरु साघुरो भन्दा सेवाग्राहीलाई बजारमा सास्ती भएको थियो । यस अघि प्रकाशित समाचारमा ७ दिने सूचना हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।-सम्पादक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार