धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्षीत गरेर सोमबारदेखि मराङबेंसीमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको स्थानीय बासीले बताएका छन् । मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरवाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ।पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ। मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ।पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ।

मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरवाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ।पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ। मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ। पहिलो दिन १९ वटा उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शर्माको नेतृत्वमा लेखा अधिकृत कृष्णप्रसाद खराल, इञ्जिनियर सोबिन जिसी, योजना शाखाका रमेश पौडेल, प्राविधिक जनक धानुक, दिपेन्द्र थापा, लेखा शाखाका कर्मचारी श्याखराज सुवेदीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो । वडा अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गरेका छन्। प्राविधिक टोलीले यसअघि नै मराङका २० र मल्कवाङका १० वटा योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंक शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।वडा नं ७ मा पनि घुम्ती शिविरबाट योजना सम्झौता गर्ने तयारी भएको छ । आवश्यकता र मागका आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । चालु आवमा १२० वटा पूर्वाधारसम्बन्धी योजना छनोट गरेको धवलागिरि गाउँपालिकाले चार वटा ठेक्का सम्झौता गरेको छ । अन्य उपभोक्ता समितिसँग पनि सम्झौता गरी कार्यान्वयन थालिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण…

thumbnail

चन्द्रागिरिमा हिउँ पर्‍यो (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ ।पश्चिमी वायुको प्रभावले बुधबार बिहान देशका विभिन्न ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात…

thumbnail

मालढुङ्गा–बेनी सडक दैनिक ५ घण्टा बन्द हुने,बैकल्पिक सडक प्रयोग गर्न आग्रह

बेनी । मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिका लागि  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको हाे । प्रशासन कार्यालय पर्वतमा…