प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ । बन्दसत्रमा समूहगत छलफलका क्रममा उहाँले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राख्नुभएको हो ।

उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताउनुभयो। दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उहाँले फरक मत राखेको बताइएको छ। यस्तै सो समूहका केही प्रतिनिधिले लिखित सुझाव राखेको पनि बताइएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार