नेकपा एसको कर्णाली प्रदेश सचेतकको जिम्मेवारीमा देवी ओली

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छिन् । मंगलबार बसेको दलको बैठकले ओलीलाई सचेतको जिम्मेवारी दिएको हो ।

तीन सदस्यीय नेकपा(एस)को संसदीय दलको नेता चन्द्रबहादुर शाही छन् । उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद पदमबहादुर रोकाया छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार