प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा पक्राउ

मोरङ । मोरङ विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनले उक्त गेट क्षेत्रमा प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार