
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनुभएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन प्रचण्ड पुग्नुभएको हो । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुग्नुभएको हो ।
१० मंसिरमा भएको एमाले महाधिवेशन उद्घाटन सत्रमा आफू नगएर लिलामणि पोखरेललाई पठाएका प्रचण्डले बुधबार भइरहेको राप्रपाको उद्घाटन सत्रमा सहभागी हुनुभएको हो । नागरिक खबरबाट