संविधानमा व्यापक संशोधन आवश्यक : जसपा नेता अधिकारी

काठमाडौँ । जसपा नेपालका नेता प्रकाश अधिकारीले संविधानमा व्यापक संशोधनको आवश्यकता औंल्याउनुभएको छ । राप्रपा नेपालको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले विभेदहरुको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभयो ।

उनले देशमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका मुद्दा उठिरहेको चर्चा गर्दै यस्ता विभेदले राष्ट्रियतालाई कमजोर बनाउने प्रस्ट पार्नुभयो । राष्ट्रियता बलियो बनाउनका लागि यस्ता विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । राप्रपाको जारी महाधिवेशनले यस्ता विभेद, समाजमा आवश्यक आमुल परिवर्तनका दिशामा आफूलाई अघि बढाउन सकोस् भन्ने कामना पनि उहाँले गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार