१४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार–प्रसार समितिले पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो ।

१४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भृकुटीमण्डपमा र पुलिस क्लबमा मतदान स्थल बनाइने छ । एक जनालाई मत गर्न १ घण्टा समय लाग्ने अनुमान शर्माको छ । प्रदेश अधिवेशन सकिएपछि नेताहरूबिच सहमति विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सकिने उहाँको भनाई छ ।

सहमति नभए कागजी मतदान हुने शर्माले बताउनुभयो । सभापति शेरबहादुर देउवाले ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । काँग्रेस प्रवक्ता शर्माका काठमाडौँमा सार्वजनिक ठाउँमा र सञ्चार मध्यमबाट प्रचार प्रसार गरिने छ । काँग्रेसले ूउत्साह, एकता, रूपान्तरण सफल बनाऊ काँग्रेसको १४ औँ महाधिवेशनू नारा बनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार