कांग्रेस महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : प्रवक्ता शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदानको टुंगो नलागेको बताउनुभएकोे छ ।ललितपुरमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले कांग्रेसमा नेतृत्व चयनका लागि २९ वटा मतपत्र हुने बताउनुभयो ।

त्यसका लागि एकजना प्रतिनिधिलाई मतदानका लागि एक घन्टाभन्दा बढी समय लाग्ने उहाँले जनाउनुभयो । त्यस्तै, उहाँले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान केन्द्र व्यवस्था गरिने बताउनुभयो । प्रवक्ता शर्माले आफूहरुको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने पनि बताउनुभयो ।

हालै सम्पन्न नेकपा (एमाले)को महाधिवेशनमा फरक मत राख्नेहरुलाई निषेध गर्न खोजिएको प्रति इंगित गर्दै शर्माले कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताउनुभयो । ‘हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध गर्न पाइन्छ । आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ । हामी लोकतन्त्रको राम्रो अभ्यास गर्छौँ,’ उहाँले भन्नुभयो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार