राप्रपा महाधिवेशन : दोस्रो दिनको बन्दसत्र जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । पहिलो दिन महाधिवेशनको उद्घाटनपछि बन्दसत्र सुरु भएको थियो भने बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि आज पनि छलफल भइरहेको हो ।

बन्दसत्रबाट दुई प्रस्ताव पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । राप्रपाको नयाँ नेतृत्वमा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही बिचमा विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधिको विवाद देखिएको राप्रपा नेताहरूले बताएका छन् । प्रतिनिधि परिवर्तन गरिएको भन्दै राजेन्द्र लिङ्देन समूहले विरोध गर्दै आएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार