कमल थापाले स्वीकारे गल्ती, अब सत्तामा जाँदा विचार गर्ने

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । ‘विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ ।

हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई चित्त बुझेको छैन’, महाधिवेशनमा थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा भनिएको छ, ‘यो वास्तविकतालाई हृदयङ्गम गर्दै आगामी दिनमा सत्ता केन्द्रित होइन सिद्धान्त र जनता केन्द्रीत राजनीति राप्रपाको प्राथमिकता हुनेछ ।’

उनले सरकारमा सहभागिताका सम्बन्धमा भविष्यमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तलाई मुख्य आधार बनाउने पनि बताएका छन् । थापाले सत्तासँग एजेण्डा साटेको भन्दै आलोचना हुँदै आएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार