ताप्लेजुङमा ८६ हजार बढी मतदाता

ताप्लेजङ । ताप्लेजुङमा २०७८ साल कात्तिक मसान्तसम्ममा ८६ हजार ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार यो अवधिमा ४५ हजार ६ सय ४७ जना पुरुष र ४० हजार ४ सय ४६ जना महिला मतदाता रहेका छन्।

तेस्रो लिङ्गी मतदाताको संख्या शून्य रहेको निर्वाचन कार्यालयले जनाएको छ। ९ स्थानीय तहमा सबैभन्दा बढी मतदाता फुङ्लिङ नगरपालिकामा रहेका छन्। फुङलिङमा १६ हजार ९ सय ४१ जना मतदाता रहेका छन्। त्यसपछि सिरिजंगा गाउँपालिकामा ११ हजार २ सय ७५,आठराइ त्रिबेणीमा ९ हजार ३ सय ५७, पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार १ सय २२, फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ६ सय ७९ र सिदिङ्वा गाउँपालिकामा ८ हजार ५ सय ७९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय २७, मैवाखोला गाउँपालिकामा ७ हजार २ सय ७९ र मिक्वाखोला गाउँपालिकामा ६ हजार ४ सय ६४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७० हजार ७ सय ७९ मतदाता रहेका थिए। उतिबेला फुङ्लिङमा १३ हजार १ सय ८५, सिरिजंगामा ९ हजार ७ सय २७, आठराइ त्रिबेणीमा ७ हजार ८ सय ९५, पाथीभरा याङ्वरकमा ७ हजार ८ सय ८४, सिदिङ्वामा ७ हजार ३ सय ८८ र फक्ताङ्लुङमा ६ हजार ८ सय ९५ मतदाता थिए। यस्तै मेरिङ्देनमा ६ हजार ७ सय ५१, मैवाखोलामा ६ हजार ९० र मिक्वाखोलामा ४ हजार ९ सय ६४ मतदाता रहेकोमा २०७८ सालको कात्तिक मसान्तसम्ममै यो संख्या निकै बढेको छ।

विगतमा नाम दर्ता हुन छुट भएका तथा हाल मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका मतदाताहरुका लागि जिल्ला निर्वाचन कार्यालयले ८ वटा गाउँपालिकाका केन्द्रमार्फत मंसिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली समेत संकलन गर्दै छ। पहिलो चरणमा मंसिर १७ गते देखि २६ गते मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटी, मिक्वाखोला गाउँपालिकाको केन्द्र(थलङ), साँवा, फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोक र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा मतदाता नामावली दर्ता कार्य हुने छ।

यस्तै दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु, सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ र मेरिङ्देन गाउँपालिकाको केन्द्र(सुलुम्फी)सान्थाक्रामा मतदाता नामावली संकलन कार्य हुने भएको छ। मतदातालाई निर्वाचन व्यवस्थापनको आधारभूत संरचना मानिन्छ। स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि एक व्यक्ति एक भोटको अवाधारणा पालना गर्न, योग्य मतदाताले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न, प्रतिनिधि चुन्न र चुनिन, मतदाताको पहिचान सहज र भरपर्दो बनाउन, निर्वाचन प्रकृयालाई वैधानिकता दिन र निर्वाचन व्यवस्थापनको योजना र यसको कार्यान्वयन गर्न मतदाता नामावलीको आवश्यता पर्छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार