परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताउनुभएको छ । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौँ जनता सडकमा ओर्लिएको बताउनुभयो ।

गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्‍यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उहाँले भन्नुभयो, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो ।’

जस्तोसुकै मुल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता छ । समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागु गरिसकेको भन्दै उहाँले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार