फेरि पनि कम्युनिष्टहरूबीच एकता आवश्यकः युवराज ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने पनि दाबी गर्नुभयो ।

ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो,‘एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समिक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ।’उहाँले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार