बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा रहेको बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले अध्ययन र छलफलबाट तयार परेको सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासीको जीवन रक्षा, संविधानको सर्वोच्चता, सुशासन, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, गुणस्तरीय शिक्षा, आर्थिक सामाजिक रुपान्तरण, कृषि तथा उत्पादनमूखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र प्राकृतिक प्रकोपबाट पीडित नागरिकको पुनःस्थापना जस्ता कार्यक्रम प्राथमिकतामा राखिएको संयोजक दुलालले बताउनुभयो ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले आगामी केही दिनमा नै प्रदेश सरकारले ती कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सोही कार्यक्रमको आधारमा गठबन्धन सरकारलाई सञ्चालन गर्ने बताउनुभयो । अघिल्लो सरकारले बजेट प्रस्तुत गरेका कारण प्रदेश सरकारलाई काम गर्न केही असहज परिरहेको भएपनि जनताको पक्षको योजनाहरुलाई सम्बोधन गर्ने गरी काम गरिहेको उहाँको भनाई छ । उहाँले कार्यदलले प्रस्तुत गरेको न्यूनतम कार्यक्रममा केन्द्रीत रहेर सरकार सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार