राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिनुभयो। यस्तै पराजित थापाले १६१७ मत ल्याउनुभयो । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार