राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौँ । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा चुनाव हार्नुभएको छ। शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी हुनुभयो ।

पदाधिकारीमा शाहीसहित अधिकांश थापापक्षका उम्मेदवार विजयी भएका छन्। केहीबेर अघि घोषणा भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ। दुवै प्यानलमा समेटिएका पाण्डेले २५२१ भोट ल्याउनुभएको छ ।

यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी हुनुभएको छ भने सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी हुनुभयो । महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी हुनुभयो । यस्तै महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए । यसैगरि कमल थापा पक्षका भुवन पाठकले १८०५ भोट ल्याएर विजयी हुनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार