बागमती प्रदेशमा सभापतिमा सहमति गर्न बानियाँ र केसीलाई प्रधानको आग्रह

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गर्नुभएको छ। आइतबार विहान विज्ञप्ति जारी गरी पहिलो चरणको मतपरिणामको आधार र आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश प्रधानले आग्रह गर्नुभएको छ ।

पहिलो चरणमा यो प्रदेशमा काँग्रेसका २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका थिए भने जगदीश्वर नरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाउनुभएको थियो । जसमा कुनै उम्मेदवारको पक्षमा ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान गर्न तयारी छ ।

आइतबार साढे ११ बजेबाट पुन दोस्रो चरणको मतदान गर्नेगरी तयारी भइरहेको छ । तर प्रधानले बानियाँ र केसी कसैको पनि पक्षमा नखुलेर सहमतिको सन्देश आग्रह गर्नुभएकोे छ ।काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार