धौलागिरी साना किसान सहकारी स्थापना (तस्बिरहरु)

बेनी । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिकामा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ ।

धवलागिरी गापाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार धवलागिरी गाउँपालिका–७ शिवाङ्गमा सम्पन्न भएको हो । सहकारीको प्रारम्भीक साधारण सभामा सहकारीमार्फत आर्थिक गतिविधि गरी विपन्न वर्गका मानिसका जिवनस्तर उकास्न सबै घर परिवारलाई सहकारीमा आवद्ध गराउने जनाइएको छ ।

२०७७ असोज ११ गते कृषि तथा जडिबुटी नामाकरण गरिएको संस्थाको नाम २०७७ चैत २१ गते संसोधन भएको थियो । रु. तेह्र लाख शेयर लगानी र रु. ३७ लाख १६ हजार ८०० शेयर पुजि रहेको संस्थाले रु. तेह्र लाख १६ हजार ५७९ बचत संकलन गरि रु. ४५ लाख ९५ हजार सहुलियत ब्याजदरमा ऋण लगानी गरेको साधारणसभामा जानकारी गराइएको थियो । देउप्रसाद छन्त्यालको अध्यक्षतामा गठन भएको सहकारीको सचिवमा पुणर्बहादुर भण्डारी हुनुहुन्छ । सहकारीमा गाउँपालिकाका ५५० जना जना शेयर सदस्य रहेका छन् ।

२३१ दलित, २८० जनजाती र अन्य समुदायका ३९ जना सदस्य छन् । साधारणसभामा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले धवलागिरीको जडिबुटीको सम्भावनालाई व्यवहारमा उतार्न र आयआर्जन सुधार गराउन सहकारीले अगुवाई गरेर काम गर्न सुझाव दिनुभयो । गिरीप्रसाद छन्त्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा धवलागरी गाउँपालिका ३ का वडा अध्यक्ष पुर्म पुन, मुदीका लोकबहादुर घर्तीले शुभकामना मन्तब्य व्क्त गर्नुभएको थियो । साधारणसभाले धवलागिरी गाउँपालिकाका सबै घरधुरीलाई शेयर सदस्य बनाउने निणर्य गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार