पुनः मतगणना गर्न गुरु घिमिरेको माग

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गर्नुभएको छ ।

संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिनुभएको छ । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले बताउनुभयो ।

घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित हुनुभएको छ । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार