म्यानमारको सेनाद्धारा प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँचको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यङ्गुनमा सेनाको एउटा ट्रक प्रदर्शनकारीमाथि कुदाइँदा उनीहरुको मृत्यु भएको हो ।

सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । फेब्रुअरीमा सेनाको कू पछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।

प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ । विगतमा सरकारविरुद्ध भएका प्रदर्शनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि आभोलि प्रदर्शनकारीले साना ह्ययाली र भेला आयोजना गर्न थालेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार