नेपालमा पनि दुई जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो । ६६ वर्षीय र ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइलेसनमा रही स्वास्थ्य लाभ गरी रहेका छन् । हाल उनीहरुमा कुनै लक्षणहरु भने देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् । उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जना सम्पर्कहरुको पीसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।  सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार