मतदान नगरेकोबारे शेखरको प्रतिक्रिया : ‘गल्ती भए क्षमाप्रार्थी छु’

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले कानुनी परामर्श गर्दा भविष्यमा जटिलता आउन सक्ने पाएपछि प्रदेश १ को अधिवेशनमा मतदान नगरेको दाबी गर्नुभएको छ ।

कोइरालाको गृहनगर विराटनगरमा भएको अधिवेशनमा उनहाँका उम्मेदवार गुरुराज घिमिरे २ भोटले पराजित भएका छन् । तर, कोइरालाले नै घिमिरेलाई मतदान गर्नुभएको थिएन्।

त्यसबारे प्रश्न उठेपछि कोइरालाले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिनुभएके हो । ‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउनेरनपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ कोइरालाले लेख्नुभएको छ, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यस क्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार