दिपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने हुनुभएको छ। हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उहाँले सभापति,महामन्त्री लगायत धेरैजसो पदमा सस्थापनइतर पक्षका नेतालाई विजयी गराउन सफल हुनुभएको छ । उहाँ संस्थापनइतर पक्षसँग निकट मानिनुहुन्छ ।

उहाँको गृहजिल्ला दाङ हो। गिरी नेपाली कांग्रेसको १३ र १२ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको हो । १४औ महाधिवेशन उहाँले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको गिरी निकट एक नेताले बताउनुभयो।

२०३६ सालमा काठमाडौंमा विद्यार्थी आन्दोलन हुँदा उहाँ नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। त्यसबेला नेविसंघको केन्द्रीय अध्यक्ष विमलेन्द्र निधि हुनुहुन्थ्यो भने गिरी र पूर्णबहादुर खड्का केन्द्रीय सदस्य हुनुहुन्थ्यो। विपि कोइराला निर्वासनको सिलसिलामा भारतमा भएको बेला भारतको वनारसमा विपिसँग उहाँको पहिलो भेट भएका थियो। पूर्व सिँचाइ मन्त्री समेत हुनुभएका गिरी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसँग जोडिनुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार