देउवा पक्षको बैठक बुढानिलकण्ठमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षीय नेताहरुको बैठक सुरु भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो ।

१४औँ महाधिवेशनमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् । छलफलपछि पदाधिकारीसहित उम्मेदवारको टुंगो लगाउने तयारी रहेको बताइएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारीमा उठ्ने आकांक्षी, जिल्ला सभापति, प्रदेशका प्रतिनिधिलगायत सहभागी छन् ।महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार