काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टी महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ । आफू १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने उहाँले बताउनुभयो। ‘म महामन्त्री उठ्ने हो’, आज कुरा गर्दै उहाँले भन्नुभयो,‘महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ।’
उहाँ संस्थापन इतरबाट महामन्त्री उठ्न लाग्नुभएको हो। रिजाल रक्षा मन्त्री पनि हुनुहुन्छ । संस्थापनइतर समूहबाट सभापतिमा सर्वसम्मत उम्मेदवार खोजी भइरहेको छ। महामन्त्रीमा भने यो समूहबाट रिजाल र गगन थापाले उम्मेदवारी दिने हुनुभएको छ । सेतोपाटीबाट