म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस : सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताउनुभएकोे छ । यो कुरा आफूले अहंकार गर्दै नभनेको पनि उहाँको दाबी थियो। काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस।

मैले अहंकार गरेको होइन। म जहाँ रहन्छु त्यहीबाट कांग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छ।’ सिटौलाले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको पनि बताउनुभयो । उहाँले युवालाई अगाडि बढेको आफूले देख्न चाहेको बताउनुभएको थियो।

आफूले यो महाधिवेशनमा के गर्ने भन्नेबारे उम्मेदवारी दर्ता गर्ने दिन मात्रै भन्ने सिटौलाले बताउनुभयो। आफूसँग रहेका नेतालाई स्थापित गर्ने आफ्नो तयारी रहेको उहाँले बताउनुभएको थियो । उक्त भेलामा बोल्दै प्रदेश १ कांग्रेसका सभापति उद्धव थापाले यो समूह बाँच्ने गरी निर्णय गर्न सिटौलालाई आग्रह गर्नुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार