काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।उहाँले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी हुनुभएको हो ।
सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७३३ मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४६२३ जनाले मतदान गरेका थिए।यसअघि १३औं महाधिवेशनमा देउवाले रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो ।