काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो ।
बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले विभिन्न उद्योगमा विद्युत आपूर्तिका समस्याहरु रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको बताउनुभयो ।
मन्त्री भुसालले सरकारले तत्काल विद्युत महशुल सस्तो दिन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले उद्योग सञ्चालनमा विद्युत गुणस्तर नपुग्ने समस्यालाई प्राधिरकण गुणस्तर क्षमता बढाएर विद्युत दिने वातावरण बनाउने बताउनुभयो । मन्त्री भुसालले विद्युत उत्पादन उद्योगहरुको क्षमता भन्द धेरै रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरु अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा उर्जा खपत गर्ने उद्योग ल्याउनको लागि पहल गर्न समेत आग्रह गर्नुभयो । उहाँले उद्योगहरुको हकमा विद्युत महशुल महँगो भएको स्वीकार गर्नुभयो ।
मन्त्री भुसालले भन्नुभयो, “सरकारले विद्युत महशुल कम गर्ने योजना बनाइरहेको छ । उद्योगहरुमा पनि विस्तारै सस्तो महशुलमा उर्जा खपत गर्ने वातावरण बनाउँछौं । तर, तत्काल व्यवसायीहरुले भने जस्तो तत्काल यति नै सस्तो बनाउँछौं भन्ने अवस्था छैन। त्यो भन्दा अहिले उद्योगहरुलाई जरिवाना लगायतका कुरामा छुट दिन सकिन्छ । विद्युत महशुल उद्योगहरूमा महँगो भएको छ ।
महँगो नै छ । किनकि विद्युत उत्पादन पनि बैंकबाट ऋण लिएर महँगो ब्याज तिरेर मात्रै विद्युतमा लगानी गरी उत्पादन गरेका केही महँगो नै भएको छ । महँगो भए पनि नेपालमा उत्पान भए विद्युत नेपालमा नै खपत गर्नु पर्ने अवस्था छ । त्यसैले व्यवसायीहरुले उद्योगमा लगानी गर्दा विद्युत नपाएर उद्योग बन्द हाला कि भन्ने कुनै शंका नगरी उद्योगमा लगानी गर्नु हो ।
सरकार उद्योगमा विद्युत दिन तयार रहेको छ । अझ व्यवसायीहरु अन्तर्राष्ट्रिय उद्योगीहरुसँग जोडिएकाले नेपालमा उर्जा खपत बढाउने गरी वैदेशिक लगानी ल्याउने पहल गर्नु आवश्यक छ ।”नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले धेरै उद्योगी व्यवसायीको प्राधिरकणको विद्युत सर्भिस कमजोर भएको गुनासो आएको बताउनुभयो ।
निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिरकणलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।उहाँले प्राधिकरणका कुनै कर्मचारी कुनै उद्योगमा विद्युत कटौती गर्ने विद्युत नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताउनुभयो । घिसिङले नेपालमा विद्युत महशुल विस्तारै सस्तो बन्दै जाने बताउनुभयो ।
उहाँले विद्युत महशुल्क सस्तो बनाउने कुरामा विद्युत उत्पादकबाट महशुल बढाउन दवाब आउने र उद्योगीबाट घटाउने दवाब आउने गरेको बताए । निर्देशक घिसिङले भन्नुभयो, ‘प्राधिरकणले उद्योगलाई दिने विद्युत सर्भिस कमजोर भए निजी क्षेत्रले सहयोग गर्नुपर्छ । यदि प्राधिरणका कुनै कर्मचारीले केही गरेको छ भनी निजी क्षेत्रले प्राधिकरणका कर्मचारीहरुसँग मिलेर भित्रभित्रै खुसुखुस गरी मिल्न भएन ।
कर्मचारीसँग नमिलेर प्राधिकरणलाई सम्पर्क गरिदिनुपर्छ ।प्राधिकरणले त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्छ । उद्योगीले प्राधिरकणमा सम्पर्क गर्दा काम बिग्रन्छ कि भन्ने होइन । उद्योगी काम सकेर कर्मचारीलाई कारबाही गछौं । विद्युत महशुल विस्तारै घट्दै जाने छ । तत्काल घटाउँदा प्राधिकरणलाई पनि समस्या हुन्छ । अहिलेको प्रमुख समस्या भनेको विद्युत उत्पादकले महशुल बढा भन्ने र उद्योगहरुले घटाउ भन्ने भएको छ ।
अब दुवैलाई कसरी मिलाउने व्यवसायीले सुझाव दिनुपर्छ ।’ त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगहरूले प्राधिकरणको विद्युत गुणस्तर सर्भिस नभएको बताउनुभयो । उहाँले स्टिल उद्योगहरुमा विद्युत ५० प्रतिशत गुणस्तरीय सर्भिस नहुदाँ समस्या भइरहेको बताउनुभयो । राती उद्योग सञ्चालन गर्दा विद्युत महशुल सस्तो पर्ने भनेर उद्योग सञ्चालन गर्दा पनि ४० पटकसम्म विद्युत कटौती हुने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘उद्योगहरुले विद्युत सर्भिसको समस्या धेरै भोगेका छन् । विद्युत सर्भिसको समस्या भएकाले उद्योगहरुले भने जस्तो गुणस्तरिय सामान समेत उत्पादन गर्न सकेका छैनन् ।’उपाध्यक्ष श्रेष्ठले उद्योग सञ्चालन गरी रहँदा विद्युत बारम्बार कटौती हुँदा उद्योगहरुले धेरै नोक्सानी भोग्दै आएको बताउनुभयो । उहाँले विद्युत गुणस्तरिय नहुँदा सामान गुणस्तरीय उत्पादन नहुने तथा समय त्यतिकै खेर जाने गरेको बताउनुभयो । karobardaily बाट