पारिवारिक निजी वन संघ म्याग्दीको अवलोकन भ्रमण

बेनी । पारिवारिक निजी वन संघ म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित धनबहादुर भण्डारीको निजी स्वामित्वमा रहेको शिव भ्याली वनको अवलोकन गरेको छ । पारिवारिक निजी वन संघ म्याग्दीको आयोजनामा संघका पदाधिकारी ,गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी ,जिसस प्रमुख देवेन्द्र बहादुर केसी ,स्थानीय तहका जनप्रतिनिधी र सम्बन्धीत सरोकारवालाहरुको टोलीले शुक्रबार भण्डारीको निजी स्वामित्वमा रहेको वनको अवलोकन गरेको हो ।

भ्रमणमा संघका अध्यक्ष रेशम बहादुर बानियाँले पारिवारिक निजी वन संघको निति ,उद्धेश्य तथा संघले गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष बानियाँले पारिवारिक निजी वन संघ नेपालको १९ बुँदे अडानपत्र प्रस्तुत गर्नुभएको थियो । भ्रमणमा प्रदेश सभा सदस्य सांसद केसी ,जिसस प्रमुख केसी सहित धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगर ,मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालु ,रघुगंगा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रिम कटुवाल क्षेत्री ,डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणी सापकोटा ,पशु अस्पताल तथा भेटेरिनरी म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्य ,कषी ज्ञान केन्द्र प्रमुख किरण सिग्देल लगायतको सहभागिता रहेको थियो ।

६५ रोपनी क्षेत्रफलमा फैलिएको शिव भ्याली वनमा सल्ला जातका बोटहरुको घना जंगल रहेको छ । कार्यक्रममा डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सापकोटाले निजी स्वामित्वमा रहेका वन पैदावार र विविध प्रजातिका गैरकाष्ठ जडिबुटीको उपयोगिताको बारेमा हाल भइरहेको वन ऐन ,नियमावली र निर्देशिकाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले वन सम्बन्धी अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिएको भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

२०७१ सालमा स्थापना भएको पारिवारिक निजी वन संघ नेपाल केन्द्र ,सात वटै प्रदेश र ६१ वटा जिल्लामा शाखा विस्तार गरिएको र स्थानीय तहमा पालिका स्थरीय समिति गठन गर्ने कार्य तिब्र रुपमा भइरहेको छ । म्याग्दी जिल्लामा १०४ जना सदस्य पारिवारिक निजी वन संघमा आवद्ध रहेका छन् । जिल्लाको मालिका र रघुगंगा गाउँपालिकामा पालिका स्तरीय कार्यसमिति गठन गरिएको सचिव रश्मी बानियाँ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य चार वटै पालिकामा पनि छिट्टै पालिका स्तरीय समिति गठन गर्ने तयारी भइरको छ । भ्रमण टोलीमा सहभागि जनप्रतिनिधि तथा सरोकाकारवालाहरुले स्थानीय तहमा वन ऐन निर्माणका क्रममा पारिवारिक निजी वन संघका मागलाई सम्बोधन गदै निजी वन संघलाई सहभागिता गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार