विदेशी गुहारेर सडकमा अस्थिरता खडा गर्दैमा राजसंस्था फर्कन्नः कमल थापा

काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताउनुभएको छ ।

राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै थापाले अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको जिकिर गर्नुभएको छ ।

राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुनस्स्थापनाको एक मात्र बाटो हो। विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरूद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन’, उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ , ‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’ को सोचाई गलत र प्रत्युत्पादक छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार