एमालेले संसदीय मर्यादा उल्लंघन गर्‍यो : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ।

पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले सांसद्हरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाउनुभएको हो। उहाँले पटक–पटक विघटन भएर पुनःस्थापित संसद्लाई एमालेले निरर्थक बनाउने प्रयास गरिरहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले प्रतिगमनको मतियार भएको र नेपाललाई इतिहासको पछाडि ढकेल्न खोजेको तर्क गर्नुभयो । नेपालमा गणतन्त्रामक संविधान भएकै कारण संविधान ओलीलाई मन नपरेको उहाँको भनाइ छ । उहाँले एमाले नेतृत्वको सरकारले तीन वर्ष बेकारमा खेर फालेको धारणा राख्नुभयो । कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चका पदाधिकारीलाई शपथ खुवाउनुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार