प्रतिगमनकारी शक्तिलाई निस्तेज नपार्दासम्म गठबन्धन कायम राख्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तर रुपमा लैजानु पर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन समाजवादी प्रेस संगठन नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पुस ५ लाई कालो दिनका रुपमा मनाउन आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको छ।

‘एमसीसीमा राष्ट्रिय सहमति जुटाएर अघि बढ्न सकेनौँ भने यही बहानामा गठबन्धन तोडेर फेरि प्रतिगमन आउन सक्ने खतरा रहेको छ । यसमा सबै सचेत हुनु जरुरी छ,’ उहाँले भन्नुभयो,’गठबन्धनलाई बचाउनै पर्छ । प्रतिगमनकारी शक्तिलाई निस्तेज नपार्दासम्म आगामी निर्वाचनसम्म जोगाएर लैजान सक्नुपर्छ ।’उहाँले प्रतिगमनकारी निस्तेज भइसकेपछि आ–आफ्नो प्रतिस्पर्धा गर्ने ठाउँ रहेको भन्दै प्रतिगमनकारी शक्तिविरुद्ध एकजुट हुन अझै आवश्यक रहेको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो। nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार