गठबन्धन सरकार लामो समय टिक्ने अवस्थामा छैनः शेरधन राई

खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताउनुभएको छ ।

एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताउनुभएको हो। वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको उहाँको भनाइ छ ।

‘यो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन । शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ । एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव । यी मान्छेहरुले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ । त्यसो हुँदा गठबन्धन भत्काउने वा छिटो चुनावमा जाने यो खालको अवस्थामा अहिलेको गठबन्धन छ’ राईले भन्नुभयो, ‘त्यतिकै पनि चुनाव आइसक्यो । स्थानीय चुनाव हुने बेला भइ नै सक्यो । प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन ।

त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नुपर्छ र समृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिनुपर्छ । समाजवादको आधार तयार गर्दै अगाडि बढ्नुपर्छ ।’सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले निजी स्वार्थ पूरा गर्ने हिसाबले बजेट खर्च गरिरहेको उहाँले दाबी गर्नुभयो । ‘अहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ ।

अध्यादेशले बनाएको सरकार प्रदेशमा छ । उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्’ उहाँले भन्नुभयो, ‘हामीले थालेका राम्रा कामहरुलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरुको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसावले खर्च गर्ने हिसावले काम गरिरहेका छन् । त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ । नेता राईले एमालेमाथि पटक–पटक आक्रमण हुँदै आएको उल्लेख गरे । एमालेलाई सिध्याउनकै लागि २०५० सालमा मदन भण्डारीलाई षडयन्त्रपूवर्क हत्या गरिएको दावी गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार