मिलन पाण्डे पक्षद्वारा विवेकशील साझा पार्टीको समानान्तर केन्द्रीय समिति घोषणा

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको अलग्गै केन्द्रीय समिति घोषणा गर्नुभएको छ । मंगलबार बिहान विज्ञप्ति जारी गरी उहाँले २०१ सदस्यीय सामानान्तर समिति घोषणा गर्नुभएको हो । उहाँले ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति नाम दिनुभएको छ ।

पर्टी अध्यक्ष रविन्द्र मिश्रले पाटीलाई गलत बाटोमा लगेको बताउँदै ‘मूल बाटो’मा फर्काउन अभियान घोषणा गरिएको पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र–२०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने छ ।

अभियानमा पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतम, सचिव अमित पाठक, रविन्द्र उपाध्यायलगायत सदस्य छन् । बाँकी १७ सदस्य दोस्रो चरणमा घोषणा गर्ने भनिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार