कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित हुनुभएको छ । आज आएको मतपरिणामअनुसार चौधरीले २२०६ मत ल्याउनुभएको छ ।

यस्तै अजय चौरसिया २५२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित हुँदा चन्द्रमोहन यादवले २१३८ मत ल्याएर निर्वाचित हुनुभयो । साथै महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादव १९५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।

पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुनुहुन्छ भने चन्द्रमोहन शेखर कोइराला पक्षका मानिनुहुन्छ । चन्द्रमोहन पूर्वराष्ट्रपति रामबरण यादवका छोरा हुनुहुन्छ । कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना गरेपछि समावेशी समूहतर्फको मतगणना गरिरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार