एमसीसी कुनै हालतमा पनि पास हुँदैन : सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बिभिन्न अध्यादेश अस्वीकार गरियोस भन्ने प्रस्ताव राख्ने क्रममा सुवालले एमसीसी अमेरिकी सहयोग नभई विष जस्तो भएको भन्दै कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताउनुभएके हो ।

उनले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने जिकिर गर्नुभयो। त्यस्तै उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मा त्यसको समर्थन गरेको भन्दै फिर्ता बोलाउन माग पनि गर्नुभयो । सुवालले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग पनि गर्नुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार