पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन बने काँग्रेसको केन्द्रीय सदस्य

काठमाडौँ । पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । काँग्रेसका पूर्वमहामन्त्री समेत रामवरणका छोरो चन्द्रमोहन खुल्ला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो । चन्द्रमोहन भने २ हजार १३८ मतसहित तेस्रो सर्वाधिक ल्याएर केन्द्रीय सदस्य बन्नुभएको छ । मधेसीतर्फ केन्द्रीय सदस्य जित्ने शेखर कोइराला प्यानलका उहाँ एक्ला हुनुहुन्छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार