सत्ता पक्ष वार्ता नगरी पेलेरै जाने मुडमा : सांसद तामाङ

काठमाडौँ । नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षबीचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको बताउनुभयो ।

एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उहाँले बताउनुभयो । ‘हामीले पहिलो दिनदेखि नै संसद चलाउने यदी हो भने सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता हुनु जरुरी छ। एजेण्डाहरु थुप्रै छन्, ति एजेण्डाहरुमा सहमतीको आधारमा जान सकिन्छ हामीले भनेकै छौँ तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मुडमा छैन। पेलेरै जानेखालको मुडमा देखिन्छ।

त्यसैले हामीले पनि संसदको अवरोध कायमै राख्छौँ। संसद रुपमा प्रतिपक्ष दलले अवरोध गरेको देखिन्छ। सारमा संसदको अवरोध सत्ता पक्षले गरिरहेको छ,’उहाँले भन्नुभयो, ‘सिंगल सिंगल रोष्टममा उभिएर हाम्रा कुरा राख्दाखेरी नसुनेपछाडी सामूहिक रुपमा हामीले नाराको माध्यमद्वारा हाम्रा कुरा राखेको हो। हामीले सत्तापक्षसँग प्रतिपक्षको वार्ता चाहेका हौँ। छलफल चाहेका हौँ। राष्ट्रिय इस्यूहरुमा त्यहाँ छलफल गरेर, निष्कर्ष निकालेर अगाडी जान सक्छौँ हाम्रो कुरा यही हो।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार