काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताउनुभएको हो।
उहाँले आफ्नो जितले सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिर्वतनको भावनालाई समेटेको बताउनुभयो । उहाँले बिगतमा भन्दा धेरै काम गरेर पार्टीलाई बलियो बनाउनुपर्ने दायित्व रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाँले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दावी गर्नुभयो । त्यस्तै कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सधै लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिक खबरबाट