ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ रामकुमार सुवेदी पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो ।

उनीहरू अहिले सीआईबीको नियन्त्रणमा छन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

२०४९, २०६२, २०६६ ,६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भए पनि उनी फरार थिए । सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदातलमा मुद्दा दायर गरेको थियो ।

अख्तियारको अनुसन्धानपछि पनि सुवेदी दम्पती फरार थिए ।पक्राउसँगै सीआईबीले ललिता निवास प्रकरणको किर्ते मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौं अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । यो मुद्दा आगामी पुस २७ गते सम्म मात्र हदम्याद छ । पक्राउ परेको सुवेदी सहित सिआइबीले करिब ४ सय जना विरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार