कांग्रेस महाधिवेशनः सम्पूर्ण मत परिणाम आज आउने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै क्लष्टरको मतगणना सम्पन्न भैसकेको छ ।

आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । दलित क्लष्टरको मतगणना सकिएको छ । दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर कोइराला प्यानलका १ जना विजयी हुनुभएको छ ।

मानबहादुर नेपाली, प्रकाश रसाइली (स्नेही), नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित हुनुभएको हो । उहाँहरूमध्ये स्नेही मात्र कोइराला प्यानलबाट विजयी हुनुभएको हो । दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी हुनुभएको छ। उहाँहरूमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा रहनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार