कांग्रेस महाधिवेशन:दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा

मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित हुनुभएको छ । दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार