एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराउनुभएको हो ।

धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’

शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बस्नुभएको थियो। आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो । उहाँले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोख्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार