माओवादी केन्द्र म्याग्दीका पुर्व जिल्ला सदस्य पुन सहित ५० जना बढी कांग्रेस प्रवेश

बेनी । नेकपा माओवादी केन्द म्याग्दीका पुर्व  जिल्ला सदस्य युवा नेता  रबिन पुन , नेता लिलामान पुन ,एमालेको भातृ संगठन अखिल नेपाल  महिला संघ मंगला गाउँपालिका वडा नम्बर १ वडा इकाई सचिव सुशिला पुन लगायत ५० जना बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको छ । प्रवेश गरेकाहरुलाई शनिबार मंगला गाउँपालिका–१ ,थाइबाङमा आयोजित संगठन विस्तार, सुदृढीकरण तथा प्रवेश कार्यक्रममा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सदस्यता पत्र वितरण गर्नुभयो ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै सभापति गर्बुजाले सबैलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । कांग्रेस म्याग्दीले पार्टीलाई थप बलियो बनाउन टोल स्तरमा संगठन विस्तारलाई तिब्रता दिएको जानकारी दिनुभयो। सभापति गर्बुजाले आगामी तीन वटै तहको निर्वाचन केन्द्रीत भएर जनताको घरदैलोमा जान र पार्टीलाइृ बिजयी गराउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कर्याक्रममा जिल्ला उपसभापति तथा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ ,जिल्ला सचिव हिराबहादुर पुन, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्मा ,जिल्ला सहसचिव श्रीराम पौडेल ,प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का सभापति टंकप्रसाद पुन ,मंगला गाउँपालिका सभापति नरसिङ बहादुर खत्री , लगायतले बोल्नुभएको थियो । पालिका सपभापति खत्रीको सभापतित्व र कार्यक्रम संचालन मंगला गाउँपालिका कार्यसमितिका सचिव विरेन्द्र बुढाथोकीले गर्नुभएको थियो । वडा सभापति राम खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का उपसभापति गोपाल भट्टचन ,हिमाल गुरुङ र वडा नम्बर ४ का इकाई सभापति लालबहादुर रोका मगर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार