माओवादीमा १५ पदाधिकारी : वरिष्ठसहित ७ उपाध्यक्ष, ३ सचिव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारी राख्ने भएको छ । केन्द्रीय समितिको भर्खरै सकिएको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।महाधिवेशनको आज उद्घाटन हुँदैछन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार