क्रिसमस मनाउन फार्महाउस पुगेका सलमानलाई सर्पले टोक्यो

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।

सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए । उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ, त्यो पहाडी र वन क्षेत्रले घेरिएको छ । यो इलाकामा धेरैजसो सर्प र अजिंगर निस्किन्छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार